सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ। ७१ वर्षअघि मे २९ मा पहिलोपटक मानवले सगरमाथाको शिखरमा पाइला टेकेको सम्झनामा यो दिवस मनाइन्छ। यस वर्षको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा: नेपालको पहिचान र गौरव’ रहेको छ। नेपाल सरकारले सन् २००८ देखि यो दिवस अन्तर्राष्ट्रिय रूपमै मनाउने निर्णय गरेको हो।

सन् १९५३ मा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए। यो वर्ष वसन्त याममा ४१४ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका छन्। सगरमाथाले नेपाललाई विश्वभर चिनाउने महत्वपूर्ण भूमिका खेलेको छ।

error: Content is protected !!