काठमाडौं, नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वृहद् आर्थिक परिदृश्य सम्बन्धी वार्षिक प्रतिवेदनले देशको आर्थिक अवस्थाको महत्वपूर्ण तथ्यांक सार्वजनिक गरेको छ। मुख्य बुँदाहरू यस प्रकार छन्:
१. रेमिट्यान्समा ऐतिहासिक वृद्धि
- कुल रेमिट्यान्स: १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ (१०.८६ बिलियन अमेरिकी डलर)।
- बृद्धि दर: अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि।
- कारण: कोभिड-१९ महामारीपछि विदेशिने कामदारहरूको संख्यामा उल्लेख्य वृद्धि। पछिल्लो तीन वर्षमा मात्र २५ लाख नेपाली विदेशिएका।
२. व्यापार घाटामा सामान्य कमी
- कुल व्यापार घाटा: १४ खर्ब ४० अर्ब रुपैयाँ।
- बृद्धि दर: अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले कमी।
- आयात: १५ खर्ब ९३ अर्ब रुपैयाँ बराबर।
- निर्यात: १ खर्ब ५२ अर्ब रुपैयाँ मात्र।
३. मूल्यवृद्धिमा गिरावट
- वार्षिक औसत मूल्यवृद्धि: ५.४४ प्रतिशत (२०८१ असार मसान्तसम्म)।
- खाद्य उपसमूहको मूल्यवृद्धि: ६.४७ प्रतिशत।
४. वैदेशिक मुद्रा सञ्चितिमा वृद्धि
- कुल वैदेशिक मुद्रा सञ्चिति: १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ (१५.२७ बिलियन अमेरिकी डलर)।
- बृद्धि दर: ३०.४ प्रतिशतले वृद्धि।
- कारण: रेमिट्यान्समा वृद्धि, आयातमा कमी, र पर्यटन क्षेत्रको सुधार।
५. चालु खाता बचतमा
- चालु खाता बचत: २ खर्ब २१ अर्ब रुपैयाँ।
६. दीर्घकालीन आर्थिक रणनीति आवश्यक
- व्यापार घाटा र वैदेशिक निर्भरता घटाउनका लागि दीर्घकालीन योजना अवलम्बन आवश्यक।
- ‘मेक इन नेपाल’ जस्ता अभियानहरूलाई प्रवर्द्धन गर्न जरुरी।