सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

एसईई २०८० को नतिजा सार्वजनिक हुने तयारी

राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार डेमोमा सफल भएमा आज दिउँसो नतिजा सार्वजनिक हुने छ। केही समस्या देखिएमा भोलि (बिहीबार) नतिजा प्रकाशन गर्ने योजना रहेको छ।

बोर्डले एसईई नतिजा कसरी र कहाँबाट हेर्ने भनी सार्वजनिक सूचना जारी गरेर जानकारी दिइसकेको छ। एसईई नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ। नेपाल टेलिकमले पनि नतिजा हेर्नका लागि आज सार्वजनिक सूचना जारी गरेको छ।

आइभिआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन र मोबाइलबाट १६०० डायल गरेर निर्देशनअनुसार हेर्न सकिन्छ। एसएमएसको लागि मोबाइलको म्यासेज बक्समा SEE टाइप गरी १६०० मा पठाउनुपर्ने छ। वेबसाइटमार्फत नतिजा हेर्नका लागि http://see.ntc.net.np मा जान सकिन्छ।

यस पटकको नतिजा छिटो र सहज रूपमा सबैले प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले बोर्डले विभिन्न माध्यमबाट नतिजा सार्वजनिक गर्ने व्यवस्था मिलाएको छ। विद्यार्थीहरू र अभिभावकहरूले बोर्डको निर्देशनअनुसार सजिलै आफ्नो नतिजा हेर्न सक्नेछन्।

error: Content is protected !!