काठमाडौँ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले आजदेखि ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरेको छ। मेलामा नेपालको हिमाल, पहाड, र तराईमा उब्जेका बहुमूल्य जडीबुटीको प्रदर्शनी र औषधिजन्य पदार्थको ज्ञान प्रदान गरिनेछ। प्रमुख डा. पुनम नेपालले जडीबुटीको पहिचान, उपयोग, र व्यावसायिक खेतीबारे जानकारी दिने बताएका छन्। मेलामा स्वास्थ्य प्रवर्द्धन, पर्यावरणीय स्वास्थ्य, र जडीबुटीको दिगो संरक्षणसम्बन्धी वैज्ञानिक सत्रहरू पनि समावेश छन्।