सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा नगर प्रहरीको भूमिकामा विवाद

काठमाडौं महानगरपालिकाको २२ नम्बर वडाका अध्यक्ष चिनकाजी महर्जनले शुक्रबार काठमाडौं प्लाजामा भएको ३२औं नगर कार्यपालिका बैठकमा नगर प्रहरीको भूमिकामा विवाद सिर्जना गरेका छन्। वडाध्यक्ष महर्जनले आफ्नो वडाबाट ‘डकैती शैली’ मा फाइल उठाएको भन्दै गम्भीर प्रश्न उठाएका थिए।

प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जवाफ दिँदै घर बहाल करसम्बन्धी फाइल हेर्न त्यसो गरिएको बताए।

उनले २२ नम्बर वडामा मात्रै नभएर अन्य वडामा पनि यो प्रक्रिया सुरु गर्ने बताए। प्रतिप्रश्न गर्दै महर्जनले भने, ‘यत्रो फाइल कसरी लैजान पाइन्छ? कति लैजानुभयो? डकैतीको शैलीमा के गर्न खोजेको? म प्रतिपक्ष हो, म विपक्ष हो? किन सम्पर्क गरिएन?’

प्रमुख प्रशासकीय अधिकृतले १७ बन्डल जति फाइल लगिएको जवाफ दिएपछि महर्जनले आफूलाई महानगरले ‘सौतेनी छोरा’ को जस्तो व्यवहार गरेको बताए।

error: Content is protected !!