सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट

चितवन, भरतपुर – चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी कम्पनी छनोट भएको छ। भरतपुर महानगरपालिकाले आज सो कम्पनीको नाममा सात दिने आसयपत्र जारी गरेको छ। यस समयावधिमा कुनै उजुरबाजुर नआए आठौं दिनमा निर्माण सम्झौता गरिनेछ।

निर्माण सम्झौताका अनुसार काम सुरु भएको दिनदेखि २६ महिनाभित्र रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यो परियोजनाको निर्माण लागत भ्याट र पीएस बाहेक ६८ करोड २ लाख ६४ हजार २ सय ७ रुपैयाँ ८४ पैसा अनुमान गरिएको छ।

चितवनको भरतपुरमा बजेट अभावले अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक टेण्डर आह्वान गरिएको थियो। यसमा १२ वटा कम्पनीहरूले टेण्डर हालेका थिए। तीमध्ये हिमालयन कालिन्चोक बीबीआर जेभीको नाममा आसयपत्र जारी गरिएको भरतपुर महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले जानकारी दिनुभयो।

सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ। आगामी योजनामा रंगशालामा मैदानसहित ५ वटा पिच, ड्रेनेज प्रणालीसहितको मैदान निर्माण, र २ वटा ३ तल्ले टावर निर्माण गर्ने योजना छ। एउटा टावरमा भीआइपी र खेलाडीहरूको व्यवस्था हुनेछ भने अर्को टावरमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू रहनेछन्।

यो परियोजनाले चितवनको खेलकुद क्षेत्रलाई महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

error: Content is protected !!