बुधबार, ०३ असार २०८३
Search
Close this search box.

दार्चुलाको हिमाली क्षेत्रमा यसवर्ष तुलनात्मक रूपमा कम मात्रामा यार्सा सङ्कलन भएको छ। यार्सागुम्बा सङ्कलनका लागि लेक पुगेका सङ्कलक यार्सा पाउन छोडेपछि अहिले धमाधम घर फर्किनसमेत थालेका छन्। गएको बैशाख अन्तिम हप्तादेखि लेक गएका यार्सा सङ्कलक घर फर्किने क्रम बढेको स्थानीयहरूले बताएका छन्।

विगतका वर्षहरूमा पर्याप्त मात्रामा अपि हिमाल गाउँपालिकाका पाटन क्षेत्रमा हिमपात र पानी पर्ने भएकाले यार्सागुम्बा पाइने गरेकोमा यो वर्ष हिमपात र पानी नपरेका कारण यार्सागुम्बा सङ्कलन न्यून मात्रामा भएको छ।

error: Content is protected !!