सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

नारायणगढ–मुग्लिन सडकखण्डमा २५ स्थानमा पहिरोको जोखिम

नारायणगढ–मुग्लिन सडकखण्डमा २५ स्थानमा पहिरोको जोखिम रहेको भरतपुरस्थित डिभिजन सडक कार्यालयले जनाएको छ। तीमध्ये चार स्थान—मौरी पुल, नाम्सी पुल, कालीखोला, र तुइन पुल उच्च जोखिममा छन्। सात स्थान कम जोखिममा छन्।

नाम्सी, कालीखोला, र तुइन पुलमा पहिरो नियन्त्रण गर्न ५२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्नेछ। कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे, र पाँच किलोमा पनि व्यवस्थापन आवश्यक छ।

पानी परेपछि भूक्षयको जोखिम रहेकाले सेतीदोभान, मौरी पुल, र चार किलोमा उपकरण तयार राखिने छ। हेटौँडास्थित हेवी इक्युप्मेन्ट डिभिजन र डुम्रेको यान्त्रिक कार्यालयबाट उपकरणको प्रबन्ध गरिनेछ।

केराबारीमा नेचरबेस सोलुसन नामक संस्थाले बायो इन्जिनियरिङ प्रविधिबाट पहिरो नियन्त्रणको अध्ययन गरिरहेको छ। खहरेखोला, भतेरीको ओरालो, गाईघाट, सेतीदोभान, जलवीरे, २६ किलो, र चार किलो क्षेत्रका ११ ठाउँमा अध्ययन गर्न संस्थाले सडक विभागलाई पत्राचार गरेको छ।

०८० र ०७९ सालमा पटक-पटक भूक्षय हुँदा सवारी आवागमन अवरुद्ध भएको थियो। भविष्यमा यो जोखिमलाई कम गर्न अध्ययन र व्यवस्थापनको काम भइरहेको छ।

error: Content is protected !!