नेपाली कांग्रेसले श्याम घिमिरेलाई प्रमुख सचेतकमा मनोनित गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ को उपधारा १ बमोजिम घिमिरेलाई प्रमुख सचेतकको पदमा मनोनित गरेका हुन्।
३१ असारमा रमेश लेखक गृहमन्त्री भएपछि कांग्रेसको प्रमुख सचेतक पद रिक्त थियो। घिमिरे सिन्धुली-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।