बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिँह लामाको सिफारिसमा मन्त्रिपरिषद् बिस्तार भएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज नेपाली कांग्रेसका हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन, र बिमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
- हरिप्रभा खड्गी: सामाजिक विकास मन्त्री
- सुरजचन्द्र लामिछाने: आन्तरिक मामिला तथा कानुन मन्त्री
- मिनकृष्ण महर्जन: युवा तथा खेलकुद मन्त्री
- बिमल ठकुरी: संस्कृति, पर्यटन तथा सहकारी मन्त्री
मुख्यमन्त्री लामाले हिजो मात्रै आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका रसुवाका प्रभात तामाङलाई हटाएर आज दोलखाका कुन्दन राज काफ्लेलाई जिम्मेवारी दिएका छन्। प्रभात तामाङ हिजो मन्त्रीमा नियुक्त भए पनि बागमतीमा नेपाली कांग्रेसभित्रको किचलोले सपथ नै लिन नपाई एकदिनमै पदबाट बाहिरिनुपरेको हो।