काठमाडौंको न्यूरोड क्षेत्रमा सडक विभाग र नगर प्रहरीबीच सडकलाई लिएर विवाद भएको छ। सोमबार बिहान काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तार गर्न खनेको सडकलाई सडक विभागले पिच गर्न थालेपछि नगर प्रहरीले रोक्न प्रयास गर्दा विवाद उत्पन्न भयो।
अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरूबीच छलफल भइरहेको छ।
महानगरपालिकाले फुटपाथ क्षेत्र बढाउन सडक खनेको थियो, तर डिभिजन सडक कार्यालयले त्यसो नगर्न र पिच पुनः बनाउन भनेको थियो। महानगरपालिकाले नमानेपछि आज बिहान डिभिजन सडक कार्यालयको टोलीले आफैं पिच गरिरहेको छ।