सञ्जय मिश्रा रौतहट । आँपलाई फलको राजा भनिन्छ, हुन त अरु फलहरूको पनि आआफ्नै गुण महत्व र विशेषताहरु नभएका होइनन् तर आँप भनेपछि यसको स्वाद, महत्व, विषेशता र यो फल खाएर पाईने सन्तुष्टी कै कारण यसलाई फलको राजा भानिन्छ ।
प्राकृतिक रूपमा पाकेको आँप खान कसलाई मन पर्दैन अर्थात यो फल मन पराउने सायद बिरलै मानिस होला । पाकेको आँप त्यसै खाँदा पनि हुने, भात, रोटी, चिउरा जेसंग मिसाएर खाँदा त्यतिकै सन्तुष्टी पाईन्छ । हुन त सहरी क्षेत्रमा दूध, बरफ लगायत अन्य सामाग्री मिसाएर म्याङ्गो सेक बनाएर समेत खाने गरिन्छ । तर पछिल्लो समय व्यापारीहरूले बिभिन्न केमिकलको प्रयोग गरेर कृतिम रूपमा पकाएको आँप मानव स्वास्थको लागि मन्द बिष बन्दै गएको छ । फलको राजा आँपलाई बिष बनाएर खुलेआम बिक्री गरिरहँदा पनी राज्य मुकदर्शक बनेको छ ।
आँपको इतिहास:
हजारौँ बर्ष अगाडि पूर्वोत्तर भारत, म्यान्मार र बांग्लादेशमा आँपको खेती पैदावार सुरु भएको थियो । जहाँबाट यो दक्षिण भारत आएको थियो । आँपको सबभन्दा पहलो नाम ‘आम्र-फल’ राखिएको थियो । यसलाई प्रारम्भिक वैदिक साहित्यमा ‘रसाला’ र ‘सहकार’ को रूपमा पनि सन्दर्भित गरिएको थियो, जसको उल्लेख बृहदारण्यक उपनिषद र पुराणमा पनि पाईन्छ । यसमा आमको रुखलाई काट्नुलाई निन्दाको रुपमा उल्लेख गरिएको छ । दक्षिण भारतमा यो फलको नाम तमिलमा अनुवाद गर्दा ‘आम-काय’ राखिएको छ । जुन बोलचालको भाषामा बदलेर बिस्तारै ‘मामकाय’ बन गयो । मलयाली मानिसहरूले यसलाई पछि गएर ‘मांगा’ को नाम बदलेको थियो । केरलमा पुर्तगालीले यो फलसँग मोहित भएर यसलाई उनीहरूले आपको रूपमा अहिले रहेको ईतिहास छ ।
आँप र बुद्धको बीचको सम्बन्ध:
समय परिवर्तन हुँदै गयो, तर आप प्रतिको प्रेम र सम्मानमा कुनै कमी आएको छैन । गौतम बुद्धको समय कालमा आपको अझै बढी लोकप्रियता हासिल गरेको थियो । बौद्ध धर्मको उदयसंगै, आप र बुद्ध धर्मका अनुयायीबीच आस्था र समृद्धिको प्रतिनिधित्व गरेको थियो । त्यस समय आमलाई एउटा उपहारको रूपमा आदान-प्रदान गर्न शुरू गरिएको थियो । त्यतिमात्र नभई कूटनीतिको लागि पनि आपको प्रयोग भइरहेको थियो । सो समयकालमा बौद्ध भिक्षु जहाँ जाँदा पनि साथमा आप लिएर जान्थे, सो समय आप फल मानिसहरूको बीचमा निकै लोकप्रिय भएको थियो ।
समृद्धिको प्रतीक आँप:
प्राचीन भारतका शुरुआती लेखक-यात्री मेगस्थनीज र ह्सियुन-त्सांगले लेखेका छन- कसरी प्राचीन भारतीय राजा, विशेष रूपमा मौर्य, आपलाई समृद्धिको प्रतीकको रूप मान्दथे र सड़क राजमार्गहरुको छेउमा आपको बिरुवा लगाउँदथे । यसको अलावा उनीहरूले आप फलको अविश्वसनीय स्वादको के बारेमा पनि लेखेका थिए, जसको कारण आप भारतभन्दा बाहर पनि निकै लोकप्रिय भएको थियो । मुंडा आदिवासिहरु र स्वामी चक्रधरको दत्तराय संप्रदायले पनी यस फललाई प्राचीन भारतको जन-जनसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए ।
मुगल कालको अलाउद्दीन खिलजी आपको पहिलो संरक्षक बने । उनले आफ्नो किलामा एउटा भव्य भोजको आयोजना गरेका थिए, जसको मेन्यूमा अलग-अलग किसिमको आपको अलावा केही पनि थिएन । यसको अलावा आपको एउटा छुट्टै कथा छ, जुन आपप्रति मुगलहरुको प्रेम दर्शाउछ । भनिन्छ उनीहरू भारतबाट काबुल भाग्ने समय हुमायूंले आपको ठूलो भण्डार लगेका थिए । त्यसैगरी सो कालमा अकबरले बिहारको दरभंगा नजिकै आँपको विशाल लक्खी बाग बनाएको थियो । जसमा एक लाख भन्दा बढी आपको रुख थियो ।