मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिसकुमार सिंहले पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै १४ जना नवनियुक्त मन्त्रीहरुले पनि शपथ ग्रहण गरेका छन्। शपथग्रहणकै दिन मुख्यमन्त्री सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन्। मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, अर्थमन्त्री भरतप्रसाद साह, कृषि मन्त्री गोविन्दबहादुर न्यौपाने, उद्योग मन्त्री युवराज भट्टराई, शिक्षा मन्त्री राजकुमार लेखी, स्वास्थ्य मन्त्री शत्रुधनप्रसाद सिंह, उर्जा मन्त्री बेची लुंगेली, खेलकुद मन्त्री प्रमोदकुमार जयसवाल, गृह मन्त्री विमला अन्सारी, श्रम मन्त्री उर्मिला चौधरी, स्वास्थ्य राज्यमन्त्री केशव राय, शिक्षा राज्यमन्त्री शारदादेवी थापा र विना विभागीय मन्त्री रञ्जुकुमारी मण्डल खंग रहेका छन्।