राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य पनि नरहने गरी कारबाहीको तयारी गरेको छ। जारी केन्द्रीय समितिको बैठकमा अनुशासन आयोगले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको एक सदस्यले जानकारी दिएका छन्। अहिले सोही विषयमा छलफल भइरहेको छ।
अनुशासन आयोगको सिफारिसपछि केन्द्रीय समितिको बैठकले पनि सोही निर्णय गर्ने तयारी गरेको बताइएको छ। ढकाललाई पार्टीले एक साताको लागि निलम्बन गरेको थियो।
पार्टीको अनुशासन उल्लङ्घन गरेको आरोपमा उनलाई कारबाहीको सिफारिस गरिएको हो। केन्द्रीय समितिको बैठकले अन्तिम निर्णय गरेपछि ढकालको पार्टी सदस्यता र भूमिकामा के असर पर्छ भन्ने प्रष्ट हुनेछ।