शनिबार, ०६ वैशाख २०८२
Search
Close this search box.

रोल्पा जीप दुर्घटना अपडेट : ज्यान गुमाएका सातै जनाको परिचय खुल्यो

रोल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाएका सातै जनाको परिचय खुलेको छ। घर्तीगाउँबाट तालाबाङका लागि छुटेको लु १ ज ३२५२ नम्बरको जीप हिजो बेलुका माडी गाउँपालिका वडा नम्बर–४ परेवा छहरामा दुर्घटना हुँदा सात जनाको ज्यान गएको हो।

जिल्ला प्रहरी प्रमुख डीएसपी भरत लामाका अनुसार ज्यान गुमाउनेमा:

  1. माडी गाउँपालिका–३ तालबाङकी ३३ वर्षीया जुनमाया खड्का
  2. ५० वर्षीया कर्मा घर्ती मगर
  3. ७७ वर्षीय खड्गबहादुर डाँगी
  4. ३० वर्षीया अमृता घर्ती र उहाँकी १८ महिनाकी छोरी
  5. परिवर्तन गाउँपालिका–२ राङ्सीकी ३३ वर्षीया रामकली पुन
  6. ७० वर्षीय झुपलाल डाँगी

दुर्घटनामा घाइते भएका १० जनामध्ये छ जनालाई उपचारका लागि अरू अस्पताल रिफर गरिएको छ। घाइतेमध्ये खगेन्द्र बाँठाको रोल्पामै उपचार भइरहेको छ भने सामान्य चोटपटक लागेकी दिलकुमारी घर्ती मगर उपचारपछि घर फर्किएकी छन्।

दुर्घटना जीप गुडिरहेको समयमा पहिरो खसेको थियो। गाडी स्टार्ट भइरहेकै अवस्थामा चालकले ओर्लिएर ओट राख्न खोज्दा दुर्घटना भएको प्रहरीको भनाई छ।

error: Content is protected !!