आज काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज इन्धनको गन्ध आएपछि धावनमार्गबाट पार्किङमा फर्काइएको छ। त्रिभुवन विमानस्थल स्रोतका अनुसार एसएचए २२१ नम्बरको ९ एनएएनएस जहाजमा समस्या देखिएपछि थप प्राविधिक परीक्षण गर्न जहाज फिर्ता गरिएको हो। विमानस्थल तालिका अनुसार जहाज ८:२५ मा उडान भर्नु पर्ने थियो। एयरलाइन्सले यात्रुहरूलाई गन्तव्यमा पुर्याउन अर्को जहाज पठाउने तयारी गरिरहेको छ।