सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

संघीय संसदमा बजेटमाथि छलफल सुरु

आजदेखि संघीय संसदमा आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल सुरु हुँदैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बोलाइएको छ। अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमा विभिन्न राजस्व, कर, र महसुलको व्यवस्था छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बजेटसँगै विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमा पनि छलफल हुनेछ। छलफल आज, भोलि, र पर्सि गरी तीन दिनसम्म हुनेछ। सरकारको १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट साउन १ देखि कार्यान्वयनमा आउनेछ।

error: Content is protected !!