सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

सुदूरपश्चिम प्रदेशमा आज सरकार विस्तारको तयारी

सुदूरपश्चिम प्रदेशमा आज सरकार विस्तारको तयारी भइरहेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले एमाले, माओवादी र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराउने योजना बनाएका छन्।

एमालेले सरकारमा सहभागी हुने तीन जनाको नाम टुंगो लगाइसकेको छ। एमाले स्रोतका अनुसार सुरेन्द्र पाल, वीर बहादुर थापा र हिरा सार्की मन्त्री बन्ने पक्का भएको छ। सुरेन्द्र पालले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ भने अन्य दुई जनाको मन्त्रालय टुंगिएको छैन।

माओवादी केन्द्रमा भने अझैसम्म विवाद साम्य भएको छैन। सुरुमा ओम विक्रम भाट सरल र अक्कल रावललाई मन्त्री बनाउने तयारी थियो, तर संसदीय दलको बैठकमा सबैजसो सांसदले मन्त्री बन्ने आकांक्षा देखाएपछि निर्णयमा समस्या उत्पन्न भएको छ। माओवादीबाट रमेश धामी, ओम विक्रम भाट सरल, लक्ष्मी विक, शिव ओली, झपट साउद, र अक्कल रावल मध्ये दुई जना मन्त्री बन्ने सम्भावना छ।

माओवादी संसदीय दलका नेता मानबहादुर धामीले मन्त्रीको नाम टुंगो लगाउने नभए इन्चार्ज गिरिराजमणि पोख्रेललाई जिम्मा दिने छलफल भइरहेको छ।

स्वतन्त्र सांसद डा. तारा जोशीलाई पनि सरकारमा ल्याउने तयारी गरिएको छ, यद्यपि उनले मन्त्रालय फुटाएर मन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेका छन्।

एमालेले सरकारमा सहभागी हुने तयारी गरिरहेका बेला माओवादीले पनि मन्त्रीको नाम टुंगो लगाउने सके आजै सरकार विस्तार हुने सम्भावना छ।

error: Content is protected !!