सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

सेयर बजारमा सामान्य सुधार

नेप्से सूचकमा सोमबार झिनो अंकको सुधार भएको छ। सूचक ३.९३ विन्दुले बढेर २११३.२७ अंकमा आएको छ। ३ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने १३ मध्ये १० वटा समुहका सूचक सकारात्मक भएका छन्। आइतबार बजार करेक्सन भए पनि सोमबार सामान्य सुधार देखियो।

बजेटको प्रतीक्षामा सेयर बजारका लगानीकर्ता ‘पर्ख र हेर’ रणनीतिमा देखिएका छन्। सरकारले मंगलबार बजेट सार्वजनिक गर्दैछ। बजेटको अन्तिम तयारी भइरहँदा सेयर बजार सामान्य देखिएको छ।

लगानीकर्ताहरू ३ वर्षदेखि निरन्तर ओरालो लागेको सेयर बजार सुधार्न बजेटमार्फत केही नीतिगत व्यवस्था र कानुनी प्रावधान परिमार्जनको अपेक्षामा छन्। पुँजीगत लाभकरको दर घटाउनुपर्ने माग रहेको छ। हाल, अल्पकालीन सेयर कारोबारमा ७.५ प्रतिशत र दीर्घकालीन (१ वर्ष वा सोभन्दा बढी) कारोबारमा ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ। यसलाई घटाउन माग गरिएको छ।

केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामार्फत गरेका केही प्रावधानले सकारात्मक प्रभाव देखिन थालेको छ। बैंकहरूले १ वर्षपछि कोर क्यापिटलको २० प्रतिशत सेयर बिक्री गर्न पाउने व्यवस्था गरेका छन्, जसले बजारमा सेयरको माग बढाउने अनुमान गरिएको छ।

आम लगानीकर्ताहरूले सबल वित्तीय सूचक भएका कम्पनीहरू छानेर योजनाबद्ध लगानी गर्न सुझाव दिइएको छ। लाभांश क्षमता राम्रो, नाफा, रिजर्भ, इपीएस, नेटवर्थजस्ता सूचक सबल भएका कम्पनीमा लगानी गर्दा जोखिम न्यूनीकरणमा सहयोग पुग्न सक्छ।

error: Content is protected !!