सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

अब भारतमा नेपालकै जस्तो अस्थिर सरकार !

भारतमा नगरी सात चरणमा सम्पन्न १८ औं लोक सभा निर्वाचनबाट भारतीय जनता पार्टी (भाजपा) ठूलो दलको रूपमा उभिएको छ। तर, भाजपाले एकल बहुमत हासिल गर्न असमर्थ भएको छ। भारतीय निर्वाचन आयोगका अनुसार, भाजपाले एकैपटक जम्मा २४० सिट जितेको छ। कांग्रेस एकैपटक ९९, समाजवादी पार्टी (सपा)ले ३७ र त्रिणमुल कांग्रेस (टीएमसी)ले २९ सिट जितेका छन्। भाजपा अब गठन गर्ने सरकारको तयारीमा छ।

भाजपाले पूर्ण बहुमत हासिल गर्नबाट रोकेर सरकार गठनमा निर्णायक बनेका दुई नेताहरू हुन् बिहारका मुख्यमन्त्री एवं जनता दल युनाइटेड (जदयु)का प्रमुख नीतिश कुमार र तेलगु देशम पार्टी (टीडीपी)का अध्यक्ष चन्द्रबाबु नायडु हुन्। भाजपाका नेताहरूले यी दुई नेताहरूसँग सत्ता साझेदारीका लागि सम्वाद सुरु गरेका छन्। उनीहरूसँग ५ जुन (बिहीबार) बैठक बस्ने तय भइसकेको छ। टीडीपीसँग १६ र जदयुसँग १२ गरी कुल २८ सिट छ। यो संख्यालाई गठबन्धन सरकार गठनमा निर्णायक मानिएको छ। यदि उनीहरू भाजपा नेतृत्वको एनडीए गठबन्धनमा सामेल नभए सरकार गठनका लागि बहुमत पुग्दैन। सन् २०१९ मा पहिलोपटक चन्द्रबाबु नायडुले एनडीए गठबन्धन विरुद्ध सबै विपक्षी पार्टीलाई एकजुट बनाउने कोसिस गरेका थिए। यसैगरी सन् २०२३ मा नितिश कुमारले कांग्रेस सहित सबै विपक्षी दलको बैठक बोलाएर विपक्षी इण्डिया गठबन्धन बनाउन भूमिका खेलेका थिए। मुख्यमन्त्री बन्न पटक–पटक गठबन्धन तोड्ने र बनाउने गरेको भन्दै धेरैले उनको मजाक उडाएका थिए। यसपटकको लोक सभा चुनावमा नितिश कुमारको पार्टी जनता दल युनाइटेड (जदयु)ले बिहारमा १२ सिट जितेको छ। भाजपाले पनि समान १२ सिट नै जितेको छ। जनता दल युनाइटेडले १४ र भाजपाले १७ उम्मेदवार चुनावी मैदानमा उतारेका थिए।

error: Content is protected !!