आइतबार, ०७ पुष २०८१
Search
Close this search box.

अर्जेन्टिनाले जित्यो कोपा अमेरिका फुटबलको उपाधि

अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ। आज बिहान भएको फाइनलमा कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो।

खेल विवरण

फ्लोरिडाको मियामी गार्डेन्समा भएको खेलमा अर्जेन्टिनाका लाउतारो मार्टिनेजले थप समयको एक सय १२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। निर्धारित ९० मिनेटको खेलमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल थप समयमा धकेलिएको थियो। खुट्टाको चोटका कारण खेलको ६८ औँ मिनेटमा लियोनल मेस्सी मैदानबाट बाहिरिएका थिए।

खेलको नियम

कोपा अमेरिकाको नकआउट चरणमा निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट गोल हुन नसके सीधै पेनाल्टी प्रहार गरिने नियम थियो। तर फाइनल खेलमा भने त्यो नियम लागू हुने थिएन र अतिरिक्त समय थप गरिने व्यवस्था गरिएको थियो।

ऐतिहासिक जीत

आजको जीतसँगै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि १६औं पटक जितेको छ। उसले दुई पटक विश्वकप पनि जितेको छ। सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई र कोलम्बियाले उरुग्वेलाई हराउँदै फाइनलमा पुगेका हुन्। यस्तै क्वार्टरफाइनलमा अर्जेन्टिनाले इक्वेडरलाई र कोलम्बियाले पनामालाई हराएको थियो।

error: Content is protected !!