वितृष्णा
हुन्नन् कदापि सजिलो कहिल्यै विहान ।
बन्या छ केवल शरीर मरी चिहान ।
निद्रा रहेन कसरी बनिजान्छु सभ्य
स्पष्टै रहन्न कित के सतसत्य शब्द ||
भारी बनी पिरगरी बसिदिन्छ आत्मा ।
थाहै नपाइकन के छ विचार साथ्-मा ।।
पाँचै यि इन्द्रियहरु किन लागि पर्छन् ।
आफ्नो क्रिया पनि निभाउन दूर सर्छन् ||
मेरा समस्त अभिप्राय कठै विचारा ।
आजै मरीवरि गएस् किन किन बाँचिराका ।।
व्यर्थै जगत् किन मलाई वितृष्णताको ।
जन्माइ भाव किन हा पछि मुस्कुराको ।।
-HR Koirala