सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ का लागि ल्याएको नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मतीले पारित भएको छ। बिहीबारको प्रदेशसभा बैठकमा सभामुख अम्बरबहादुर विष्टले पारित भएको घोषणा गरे।

आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। दुई दिनको छलफलपछि उठेका प्रश्नहरूको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबारको बैठकमा जवाफ दिएपछि कार्यक्रम पारित भयो।

प्रदेशसभाको अर्को बैठक १ असार दिउँसो ३ बजे बस्नेछ, जसमा सरकारले बजेट प्रस्तुत गर्नेछ।

error: Content is protected !!