बुधबार, २७ जेठ २०८३
Search
Close this search box.

काठमाडौं – तीज पर्वलाई लक्षित गर्दै तीज गीत ‘नाच्ने हो हिल भाँच्ने गरी’को भिडियो सार्वजनिक गरिएको छ। गायिका निता आचार्यको स्वरमा रहेको यो गीतमा सबै मिली तीज रमाइलो गरी मनाऔँ भन्ने भाव प्रस्तुत गरिएको छ।

गीतमा डीपी खनालले शब्द रचना गरेका छन् भने शंकर थापा ‘स्माइल’ले संगीत निर्देशन गरेका छन्। विषम आचार्यको संगीत संयोजनमा बनेको यो गीतलाई केशवराज भट्टले कोरियोग्राफी र निर्देशन गरेका छन्।

गीतको भिडियोमा नायिका शर्मिला मल्ल, अञ्जली अधिकारी, र एलिशा शर्माको अभिनय रहेको छ। भिडियोमा नवराज उप्रेतीले सिनेमाटोग्राफी गरेका छन् भने मिलन विश्वकर्माले सम्पादन गरेका छन्।

यो गीतको भिडियोले तीजको मौलिकता झल्काउँदै रमाइलो वातावरण सिर्जना गरेको छ, जसले गर्दा तीज पर्वको उत्साहलाई थप बढाएको छ।

यहाँ क्लिक गरेर भिडियो हेर्नुहोस्

error: Content is protected !!