शनिबार, ०६ वैशाख २०८२
Search
Close this search box.

नेपाली खेलाडी ग्लोबल टी-२० क्रिकेट लिगमा सहभागी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी, र स्पिनर सन्दीप लामिछानेले क्यानडामा हुने ग्लोबल टी-२० क्रिकेट लिग खेल्ने भएका छन्। रोहितले टोरन्टो नेशनलबाट पहिलो पटक लिग खेल्दैछन्, जहाँ उनीसँग शाहिन अफ्रिदी र कोलिन मुनरो पनि छन्। दीपेन्द्र र सन्दीपले भ्यानकुभर नाइट्सबाट खेल्नेछन्, जहाँ बाबर आजम र मोहम्मद रिजवान पनि छन्। प्रतियोगिता जुलाई २० देखि अगस्ट ६ सम्म ब्राम्पटनको सीएए सेन्टरमा हुनेछ।

error: Content is protected !!