सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

बजेटमा कमजोरी भेटिए आलोचना गर्न एमाले अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले सत्तारुढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि जनाएका हुन्।

शनिबार संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकमा सम्बोधन गर्दै ओलीले अर्थमन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र) प्रति ढल्किएको बजेट ल्याएको टिप्पणी गरे। उनले बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको र बजेट निर्माण प्रक्रियामा नै कमी कमजोरी रहेको दाबी गरे।

ओलीले बजेटमा केही कमी भएको औंल्याए पनि सो बजेटलाई समर्थन र पारित गरेर जाने एमालेको नीति स्पष्ट पारे। उनले सरकारले प्रस्तुत गरेको बजेटमाथि आफ्नो पार्टीले खुलेर छलफल गर्न चाहेको बताए।

error: Content is protected !!