बुधबार, २७ जेठ २०८३
Search
Close this search box.

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा पदाधिकारीको संख्या थपिनु स्वाभाविक भएको बताएका छन्।

शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले पार्टीको दशौं महाधिवेशनको सन्दर्भमा यो प्रतिक्रिया दिएका हुन्। उनले पार्टी ठूलो हुँदै गएपछि पदाधिकारी संख्या बढाउनुपरेको बताए।

  • पार्टी विस्तार: अध्यक्ष नेपालले भने, “सानो पार्टी हुन्छ, थोरै पदले काम चल्छ। पार्टी ठूलो हुँदै जान्छ, धेरै पदको आवश्यकता पर्छ। यसरी बुझे पनि भयो। त्यसो हुनाले पदको विषयलाई अन्य हिसाबले लिन जरुरी छैन।”
  • नयाँ पदहरू: एकीकृत समाजवादीले हालै सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद थपेर पदाधिकारी संख्या २१ पुर्‍याएको छ।

अध्यक्ष नेपालले महाधिवेशन नजिकिएपछि नेताहरूले गरेको भेटघाट र छलफललाई सामान्य रुपमा लिनुपर्ने बताए।

  • नेताहरूको भेटघाट: “कोही रेष्टुरामा जान्छन्, कोही होटलमा जान्छन्। छलफल गर्छन्, चिया खान्छन्। भेटघाट हुन्छ। यत्रा कार्यकर्ता छन् हामी कहाँ। देशभरिका कार्यकर्ता आउँदा त झन् ज्यादा होटलका होटलहरू पनि भरिएका होला,” उनले भने।
  • गुटबन्दी: भेटघाट र छलफल भए पनि गुटबन्दी हुन नहुने उनले बताए। गुटबन्दीकै कारण कम्युनिस्ट पार्टीले धेरै ठूलो धक्का खाएको भन्दै उनले भने, “हामी महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प गरेका छौं। नेता, कार्यकर्ताहरू त्यही दिशामा अघि बढिरहनुभएको छ।”

महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पनि अध्यक्ष नेपालले जानकारी दिए।

error: Content is protected !!