बिहिबार, १९ चैत २०८२
Search
Close this search box.

मानवताको लागि सहयोग नेपाल संस्थाले देबकी धरम आधारभुत विद्यालमा जाडोको टोपी, सुइटर लगायतका न्यानो कपडा वितरण

मानवताको लागि सहयोग नेपाल संस्थाले “हाम्रो इच्छा सबैलाई शिक्षा” मुल नारा लिएर बिगत २०७७ साल देखि समाज र देशका विभिन्न भागमा “स्वाथ्य, शिक्षा शैक्षिक सामाग्री वितरण, खेलकुद सामान बितरणका साथै हालै २०८२ मंसिर १५ गते सोमवार कठमाण्डौ नजिक भएर पनि हाल सम्म बिकट नुवाकोट पञ्चकन्या गा.पा. वडा नं.३ को देबकी धरम आधारभुत विद्यालमा जाडोको टोपी, सुइटर लगायतका न्यानो कपडा वितरण गरियो विद्यालय प्रधानाध्यापकज्युको विषेश पत्र सहितको अनुरोधलाई सम्बोधन गर्ने काम भयो । यस अवसरमा संस्थाका अध्यक्ष श्री मधुसुदन ध्वज खड्काज्युले संस्थाको परिचयका साथ यस विद्यालयमा थोरै भए पनि सहयोग गर्दै विद्यालयका विद्यार्थीभाइबैनीहरुको मुहारमा खुशी देख्न पाउँदा आफु र संस्थाको तर्फबाट विद्यालय परिवारलाई धन्यवाद ब्यक्त गर्नुभयो । अन्तिममा विद्यालयका प्रधानाध्यापकज्यु र ब्यवस्थापन समितिका अध्यक्ष श्री रमेश तामाङज्युले सबैलाई धन्यवाद सहित विदाई गर्नु भयो । हाम्रो संस्थामा हामी आफ्नै खर्च वा अनुरोधमा कुनै दाता मार्फत आएको सहयोगलाई सम्वन्धित आवश्यक स्थानमा लगेर रोहोवरमा वितरण गरिन्छ । यस वितरणमा संस्थाका तर्फबाट अध्यक्ष मध्‌सुदन ध्वज खड्का, उपाध्यक्ष सुजना चौलागाई, कोषाध्यक्ष चिरञ्जिबी अधिकारी सह कोषाध्यक्ष शोभा सुवेदी, सदस्य संन्ध्या मल्ल ठकुरी र विशेष अतिथी सुवर्ण प्रसाद सुवेदी जसले सल्लाह, सुझाब दिनु भयो । यसै दिन उपाध्यक्ष सुजना चौलागाईज्युको जन्मदिन परेकोले विद्यार्थी, शिक्षक सबैलाई मिठाई बितरण गर्नुभयो । जस्ले गर्दा विद्यार्थीहरुमा खुसीको मुस्कान पाइएको थियो ।
उक्त कार्यक्रम सफल बनाउन विशेष धन्यवादका पात्र पाल्पा निवासी सुश्री रीता पाण्डे जो सिटिजन लाईफ इन्सुरेन्स, पाल्पा शाखाका मुख्य एजेन्ट हुनुहुन्छ । जस्ले प्रत्येक वर्षमा एक पटक संस्थाको योजनालाई सहयोग गर्ने वचन पनि दिनु भएको छ । यसैगरी अनुपम विद्या सदन लाजिम्पाट, काठमाण्डौ ईङ्गलिस स्कुल गौचरण, इडन ब्रिज एकेडेमी धापासी र मिडियामा लामो समय देखि ब्यस्त शंकरमान श्रेष्ठबाट सहयोग प्राप्त भएको थियो । यस संस्थाको कामलाई उच्च मुल्यङकन गर्दै सहयोगी हातहरुलाई संस्थाको तर्फबाट उच्च सम्मान र आशिर्वादको कामना गर्दछौ । हाम्रो काम र प्रशंशक मध्येका श्री दिनेश खरेल टुकी नेटर्वक र श्री विनय गिरी, नेपाल हाम्रो डट कम लाई पनि स–धन्यवाद आभार प्रकट गर्दछौ ।
error: Content is protected !!