युरोकप २०२४ फुटबल प्रतियोगितामा टर्की र नेदरल्यान्ड्स क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। आज बिहान भएको खेलमा अष्ट्रियालाई हराउँदै टर्की र गएराति भएको खेलमा रोमानियालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा पुगेका हुन्।
खेल विवरण
- टर्की -अष्ट्रिया: टर्कीले अष्ट्रियालाई २–१ गोलले हरायो। टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए। अष्ट्रियाले खेलको ६६ औँ मिनेटमा एक गोल फर्कायो।
- नेदरल्यान्ड्स – रोमानिया: नेदरल्यान्ड्सले रोमानियालाई ३–० गोलले हरायो। नेदरल्यान्ड्सको जितमा पामा डोनिएल मालेनले दुई तथा कोडी गाक्पोले एक गोल गरे।
क्वार्टरफाइनल समिकरण
योसँगै युरोकप २०२४ को क्वार्टरफाइनल समिकरण पूरा भएको छ। अब टर्कीले क्वार्टरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ। अन्य क्वार्टरफाइनल खेलहरूमा स्पेनले जर्मनीसँग, इंग्ल्यान्डले स्विटजरल्यान्डसँग, तथा फ्रान्सले पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ।