सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। शनिबार बसेको राप्रपा निर्देशक समितिको बैठकले यो निर्णय गरेको हो।

राप्रपाले कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिको प्रारम्भिक रुपमा सकारात्मक विश्लेषण गरेको थियो। तर, नयाँ सरकार गठनपश्चातका सम्पूर्ण गतिविधिहरूको विश्लेषण पछि विश्वासको मत नदिने निर्णयमा पुगेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।

प्रवक्ता श्रेष्ठका अनुसार, “हामीले प्रारम्भिक रुपमा नयाँ सरकारलाई सकारात्मक रुपमा लिएका थियौं, तर पछिल्लो गतिविधिको विश्लेषण गर्दा हामीलाई विश्वासको मत दिन उचित ठानिएन।”

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ। राप्रपाको यो निर्णयले प्रतिनिधिसभामा हुने मतदानमा प्रभाव पर्न सक्ने देखिएको छ।

यसअघि, कांग्रेस र एमालेबीच भएको सहमतिको आधारमा राप्रपाले सरकारप्रति समर्थन जनाउने सम्भावना देखिएको थियो। तर, विभिन्न गतिविधिहरूले पार्टीको निर्णयमा परिवर्तन ल्याएको बताइएको छ।

error: Content is protected !!