सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

संवैधानिक परिषद् विधेयक समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश

काठमाडौं, २१ जेठ: संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ प्रतिनिधिसभा बैठकमा पेश गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभापति खतिवडाले विधेयकको प्रतिवेदन पेश गरे।

सभापति खतिवडाका अनुसार समितिमा संवैधानिक निकायका पदाधिकारी नियुक्ति र कार्यविधि सम्बन्धी ऐन बनाउन सहमति जुटेको छ। प्रतिवेदन तयार गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका सम्बन्धित पक्षसँग छलफल गरिएको थियो।

error: Content is protected !!