सरकारको नीति र कार्यक्रम पारित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सरकारको नीति र कार्यक्रम प्रस्तुत गरेका थिए।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले माथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध जारी राखेकाले नीति र कार्यक्रममा छलफल हुन पाएको थिएन।
आइतबारको बैठकमा पनि कांग्रेस सांसदहरूले नाराबाजी जारी राखेका थिए। तर नाराबाजीकै बीच नीति र कार्यक्रममा छलफल गरी पास गरिएको हो।