सुनचाँदीको मूल्यमा सामान्य सुधार: तोलामा ३,७०० ले बढ्यो सुन

आर्थिक डेस्क २० माघ २०८२, मङ्गलबार (३ फेब्रुअरी २०२६)
लगातार दुई दिनसम्म भारी गिरावट आएको सुनको मूल्यमा आज सामान्य सुधार देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ७०० रुपैयाँले बढेर २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि आज उकालो लागेको छ। महासङ्घका अनुसार चाँदी तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३३५ रुपैयाँमा किनबेच भइरहेको छ। हिजो चाँदी ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ६८७ अमेरिकी डलर र चाँदी प्रतिऔँस ८० डलरको आसपासमा कारोबार भइरहेको छ। केही दिनअघि ऐतिहासिक उचाइ (३ लाख ३९ हजार ३००) पुगेको सुनको मूल्यमा आएको यो उतारचढावले बजार अझै केही दिन अस्थिर रहने संकेत गरेको छ।
नेपालहाम्रो न्युज डेस्क सुनचाँदीको मूल्यमा भइरहेको यस्तो तीव्र उतारचढाव र यसले आगामी लगनको सिजनमा पार्ने प्रभावबारे थप जानकारीका लागि हामीसँगै रहनुहोला।