बुधबार, २७ जेठ २०८३
Search
Close this search box.

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल अब साउदी अरेबियामा हुनेछ। समूह एचमा रहेको नेपाल र युएईबीचको खेल जुन ६ मा दशरथ रंगशालामा हुने तय थियो। तर एएफसीले दशरथ रंगशालाको पिच, फ्लड लाइट र सुरक्षामा प्रश्न उठाएपछि खेल साउदीको दम्ममानस्थित प्रिन्स मोहम्मद फाहद स्टेडियममा सर्‍यो। अखिल नेपाल फुटबल संघले सोमबार विज्ञप्ति जारी गर्दै नेपाली समय अनुसार राति पौने १० बजे खेल हुने जनाएको छ। यसअघि पनि नेपालले बहराइनविरुद्धको खेल रंगशालाको अवस्था कारण बहराइनमा खेलेको थियो।

error: Content is protected !!