सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

सांसद खतिवडा: ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा उभ्याउनुले हुकुमी शासनको झल्को आयो

कांग्रेस सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा उभ्याउने व्यवस्थाले हुकुमी शासनको झल्को आएको भन्दै यसको खारेजीको माग गरेका छन्। आइतबार प्रतिनिधि सभामा बोल्दै, उनले मन्त्रीको मौखिक निर्देशनका भरमा नागरिकलाई सडकमा उभ्याउनु गलत भएको बताए।

गत जेठ १५ गते, गृहमन्त्री रवि लामिछानेले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा ट्राफिक स्वयंसेवकको रूपमा काम गर्न निर्देशन दिएका थिए। सांसद खतिवडाले यो व्यवस्थालाई तुरुन्तै हटाउनुपर्ने र संसदबाट नियमको आवश्यकता भएको बताए।

उनले भने, “मापसे गरेर मान्छेलाई सडकमा उभ्याउने कानुन छैन। यो विषयमा रुलिङ हुनुपर्छ।”

error: Content is protected !!