राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्। बुधबारको प्रतिनिधि सभाको बैठकमा खनालले ओलीको टिप्पणीले महिलाको उन्मुक्ति र वर्गीय उन्मुक्तिलाई खण्डन गरेको बताए। उनले विदेशीसँग विवाह गरेर मन्त्री बनेको भन्दै सुमनालाई होच्याउने काम भएको भन्दै विरोध गरे। साथै, सुमना श्रेष्ठको योगदानलाई सम्मान गर्नुपर्ने बताउँदै उनले समानुपातिक सांसद भनेर होच्याउने कार्यप्रति आपत्ति जनाए।