बुधबार, २७ जेठ २०८३
Search
Close this search box.

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली पुगेका छन्। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारका विशेष प्रतिनिधिले उनको स्वागत गरे। आज साँझ मोदीले तेस्रो कार्यकालका लागि शपथ लिने छन्, र त्यसपछि दाहाल र मोदीबीच भेटवार्ता हुने कार्यक्रम छ। प्रचण्डको टोलीमा स्वकीय सचिव गङ्गा दाहाल, कानुन मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल लगायत उच्च अधिकारीहरू छन्। प्रचण्ड सोमबार स्वदेश फर्कने छन्।

error: Content is protected !!