सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

३ जना रोजगारी ठगी आरोपमा पक्राउ

कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्स लगायतका देशमा रोजगारी पठाउने भन्दै ३०० भन्दा बढी व्यक्तिलाई ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनका २८ वर्षीय राजकुमार भट्ट, कास्कीका नवीन विक र पवन पन्त छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, समूहले फेसबुक म्यासेन्जर, ह्वाट्सएप लगायत सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर आकर्षक तलब र भत्तासहित रोजगारीका विज्ञापन गरेका थिए। पीडितहरुसँग सम्पर्क भएपछि उनीहरुलाई बैंक खातामा रकम जम्मा गर्न लगाइन्थ्यो। त्यसपछि भिसा, वर्क परमिट, होटल बुकिङ, र पुलिस रिपोर्ट लगायत नक्कली कागजात तयार पारेर ५ देखि १० लाख रुपैयाँसम्म ठगी गरी सम्पर्कविहीन हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पीडितहरूले ठगीको उजुरी दिँदा अरुको खातामा रकम जम्मा हुने र चेकमार्फत निकाल्ने गरेको पाइएको छ। खातामा रकम जम्मा भएका राजुकुमार बस्नेतविरुद्ध बैदेशिक रोजगार ठगी मुद्दा चलेको छ र धरौटी तिर्न नसकी डिल्लीबजार कारागारमा रहेका छन्। यो समूहले ३०० भन्दा बढी व्यक्तिबाट १५ करोडभन्दा बढी रकम ठगी गरेको प्रहरीको अनुमान छ।

error: Content is protected !!