बुधबार, २७ जेठ २०८३
Search
Close this search box.

दक्षिण कोरियाको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता अरिसेलको प्लान्टमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। सोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको प्लान्टमा बिहान १०:३० बजे आगलागी सुरु भएको थियो। घटनामा दर्जनौँ कामदार घाइते भएका छन् भने २१ जना अझै सम्पर्कविहीन छन्। टिभी फुटेजमा विष्फोट र तारहरू जलिरहेको देखिएको छ। राष्ट्रपति युन सुक योलले हराइरहेका व्यक्तिको खोजी र उद्धारका लागि सबै जनशक्ति र उपकरण परिचालन गर्न निर्देशन दिएका छन्। आगलागीको कारण अझै स्पष्ट भएको छैन।

error: Content is protected !!