सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

गएरातिको भारी वर्षाले पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

दैलेख, गएरातिको भारी वर्षाले पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। पहिरोले दैलेख र कालिकोटको सीमाना पर्ने दहीखोला र कालिखोला बीचको सडक अवरुद्ध भएको हो।

दैलेख–कालिकोट खण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प भएका छन्।

राजमार्ग अवरुद्ध भएपनि दैलेख खण्डमा जनपद र सशस्त्र प्रहरी बाटो खुलाउन खटिएको छ।

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतबाट जुम्ला र कालिकोटका लागि हिँडेका यात्रुहरू अलपत्र परेका छन्।

error: Content is protected !!