महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा ठूला चारपाङ्ग्रे गाडी चलाउन रोक लगाइएको छ। साना गाडी र पैदलयात्रुलाई ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरले जनाएको छ। आज बिहान ७ बजे महाकाली नदीमा पानीको बहाव एक लाख ६४ हजार छ सय ६० क्युसेक मापन गरिएको छ। बनबासा पुलमा ठूला गाडी चलाउन रोक लगाएपछि पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल–भारत आवतजावत गर्ने यात्रु मर्कामा परेका छन्।