कोपा अमेरिकामा उरुग्वे र कोलम्बियाले महत्वपूर्ण जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।
उरुग्वेले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ। निर्धारित ९० मिनेटमा कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा उरुग्वेका फेडेरिको भल्भर्डो, म्यानुअल उगार्टो, रोड्रिगो बेनटान्कर, र जर्जियन डी अर्रास्केटाले गोल गरेका थिए। मारिया गिमेनेजको प्रहार ब्राजिलियन गोलरक्षक एलिसनले बचाए। ब्राजिलका गेब्रियल मार्टिनेली र एन्ड्रेस परेराले मात्रै गोल गर्न सके भने डगलस लुइज र एडर मिलिटाओले गोल गर्न असफल रहे।
अर्को खेलमा, कोलम्बियाले पनामालाई ५–० गोलअन्तरले सजिलै पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। स्टेट फार्म स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाले पहिलो हाफमा जोन कर्डोबा, जेम्स रोड्रिगेज र लुइस डियाजका गोलमार्फत ३–० को अग्रता लिएको थियो। दोस्रो हाफमा रिचर्ड रियोस र गिमुएल बोर्जाले गोल गर्दै कोलम्बियालाई सहज जित दिलाए।