बुधबार, २७ जेठ २०८३
Search
Close this search box.

सर्बियन टेनिस स्टार नोभाक जोकोभिच विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। डेनमार्कका होल्गर रुनेलाई पराजित गर्दै ग्रान्ड स्लाममा उनको यो ६०औं र विम्बल्डनमा १५औं क्वार्टरफाइनल यात्रा हो।

जोकोभिचले ६–३, ६–४ र ६–२ ले रुनेलाई पराजित गरेका हुन्। जोकोभिच आठौँ विम्बल्डन तथा समग्रमा २५औं ग्रान्ड स्लाम उपाधि जित्ने उद्देश्यमा छन्। जितपछि दर्शकले आफूलाई अनादार गरेको आरोप पनि उनले लगाए।

अब उनले एलेक्स डे मिनरको सामना गर्नेछन्। मिनरले आर्थर फिल्सलाई ६–२, ६–४, ४–६ र ६–३ ले हराएका थिए।

अमेरिकाका टेलर फ्रिट्जले भने चौथो वरीयताका एलेक्जन्डर जेभरेभमाथि अप्रत्यासित जित हात पारे। फ्रिट्ज ४–६, ६–७, ६–४, ७–६ र ६–३ ले विजयी रहे।

error: Content is protected !!