सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

रास्वपा नेता मुकुल ढकालले सभापति रवि लामिछानेमाथि गम्भीर आरोप लगाए

रास्वपा नेता मुकुल ढकालले गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछानेमाथि संविधानको धारा ७६ (३) अन्तर्गतको सरकार बन्ने र ‘फेरि खाउँला’ भनेर सरकारमा टाँसिरहेको आरोप लगाएका छन्। बुधबार पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा राख्दै उनले यस्तो आरोप लगाएका हुन्।

ढकालले भने, “आजको रविलाई प्रचण्डको शैली मन पर्छ। कता न कता ओलीको शैली मन पर्छ। र अझै पनि ७६ (३) अन्तर्गत देउवाको सरकार बन्ला कि! अनि सरकारमा जान पाइएला कि भनेर उहाँ सरकारमा अहिले पनि टाँसिराख्नुभएको छ। भनेपछि देउवाको शैली पनि उहाँलाई मन पर्छ।”

उनले थपे, “देउवा, प्रचण्ड र ओलीको शैली मन पर्नेलाई मुकुल ढकालको शैली बालपना लाग्न सक्छ। मलाई मतलब छैन।”

ढकालले सभापति लामिछानेले राजीनामा दिन बालुवाटार पुगेर पनि फेरि राजीनामा पत्र गोजीमै बोकेर फर्किनुलाई बालापन भएको आरोप लगाए। “बरु राजीनामा दिन बालुवाटार पुगेर पनि फेरि राजीनामा पत्र गोजीमै बोकेर फर्किनुलाई सभापति लामिछानेको बालापन भएको छ,” उनले भने।

रास्वपाले कारबाही गरेपछि ढकालले पत्रकार सम्मेलनमार्फत आफ्नो कुरा राख्नुभएको हो। लामिछानेको नेतृत्वमा भएको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै ढकालले पार्टीभित्रको आन्तरिक विभाजन र विवादबारे सार्वजनिक गरेका छन्।

error: Content is protected !!