नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ तोकेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ९ सय रुपैयाँले बढी हो।
पछिल्लो तीन दिनदेखि सुनले उच्च मूल्य रेकर्ड बनाइरहेको छ। आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ र सोमबार १ लाख ४६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।
चाँदीको मूल्य घटेको
त्यस्तै, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला १८८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १८७५ रुपैयाँमा कारोबार भएको छ।