सरकारले चालू आवको बजेटमा समावेश भएका विभिन्न प्रावधानलाई कार्यान्वयन गर्ने लक्ष्यका साथ मौद्रिक नीतिमा केही विशेष व्यवस्था गरेको छ।
मुख्य बुँदाहरु:
- कृषिउपज धितोमा कर्जा प्रवाह:
- कृषिउपजको धितोमासमेत सहज रुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइनेछ।
- नवप्रवर्तनमा कर्जा प्रवाह प्रोत्साहन:
- बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गरिनेछ।
- वैदेशिक रोजगारीमा बिनाधितो ऋण:
- वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिनाधितो ऋण उपलब्ध गराउने व्यवस्था।
- समस्याग्रस्त सहकारीका समस्या समाधान:
- समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारका सदस्यका नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाख रुपैयाँसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयन।
- युवामा उद्यमशीलता प्रवर्द्धन:
- युवामा उद्यमशीलता प्रवर्द्धन गर्न कर्जाको सहज र सरल पहुँच पुर्याउन सहजीकरण गर्ने व्यवस्था।
चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यी व्यवस्थाहरुको जानकारी दिएका हुन्।