बुधबार, २७ जेठ २०८३
Search
Close this search box.

काठमाडौं – काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सरकारको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचित गरेको छ। विभागले पानी उत्पादक कम्पनीहरूले उही प्रकारको गुणस्तर, तापतौल, र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाई बिक्री गरेको जानकारी प्राप्त भएपछि यो निर्देशन जारी गरेको हो।

विशेषगरी, होटल/रेस्टुरेन्ट र व्यवसायी फर्महरूसँग सम्झौता गरी पानी उत्पादक कम्पनीहरूले अधिक मूल्यको एमआरपी राख्ने गरेको पाइएको छ।

काठमाडौं उपत्यकामा पानीको अधिकतम खुद्रा मूल्य:

पानीको परिमाणतोकिएको अधिकतम मूल्य (एमआरपी)
जार (२० लिटर)४७ रुपैयाँ
१ लिटर बोतल१६ रुपैयाँ

विभागले यी तोकिएको मूल्यभन्दा बढी मूल्यमा पानी बिक्री गर्ने पानी उत्पादक कम्पनीहरूलाई सचेत गराएको छ। साथै, एमआरपीको नियम पालना नगरे कानुन अनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ। यो निर्देशन उपभोक्ताको हितको सुरक्षा र बजारमा मूल्य स्थिरता कायम गर्नका लागि जारी गरिएको हो।

error: Content is protected !!