शनिबार, ०९ जेठ २०८३
Search
Close this search box.

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले शैक्षिक वर्ष २०८१/०८२ का लागि स्नातक तह पहिलो वर्षमा भर्ना खुलाएको छ। मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय, र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा भर्ना खुलेको हो।

भर्ना र शैक्षिक तालिका

क्रियाकलापमिति
भर्ना आवेदन फाराम बुझाउने मितिसाउन २८ देखि भदौ मसान्तसम्म
कक्षा सञ्चालन मितिअसोज महिनाबाट
परीक्षा फाराम बुझाउने मितिवैशाख महिनामा
कक्षा समाप्ति मितिजेठ महिनामा
अन्तिम परीक्षा मितिअसार महिनामा
नतिजा प्रकाशन मितिपरीक्षा सकिएको तीन महिना पछि (असोजमा)

विद्यार्थीहरूले इच्छाएको सङ्काय, अध्ययन संस्थान, र विषयअनुसार बेग्लाबेग्लै आवेदन फाराम बुझाउनुपर्ने त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष कार्यालयले जनाएको छ। कक्षा असोजदेखि सुरु भएर जेठमा समाप्त हुनेछ र अन्तिम परीक्षा असारमा हुनेछ। परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गरिनेछ।

error: Content is protected !!