बुधबार, २७ जेठ २०८३
Search
Close this search box.

एक महिनासम्म मनाइने ‘गुँला पर्व’ आजदेखि सुरु भएको छ। विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाइन्छ। नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो। यस अर्थमा नेपाल संवत्को नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको हो।

पछिल्लो समय बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्बीका नेवार समुदायले पनि यो पर्व मनाउन थालेका छन्। दुईदेखि तीन सय धर्मावलम्बीको सहभागितामा गुँला बाजाले प्रत्येक बिहान नगरका विभिन्न मठमन्दिर, बौद्ध विहार, र चैत्य परिक्रमा गरेर विशेष पूजाआजाका साथ पर्व मनाइन्छ।

एक महिनाको अवधिमा नागपञ्चमीका दिन चाँगुनारायण मन्दिरमा, गाईजात्राका दिन भक्तपुर सहरका विभिन्न मठमन्दिर, देवालय, र विहारको परिक्रमा गर्ने प्रचलन छ। यो पर्वमा सहभागीहरुले सांस्कृतिक परम्परालाई संरक्षण गर्दै धार्मिक आस्थालाई प्रगाढ बनाउन योगदान पुर्‍याउँछन्।

गुँला पर्वले समुदायमा आपसी मेलमिलाप र सहकार्यको भावना जागृत गराउँछ। नेपालका विभिन्न भागमा मनाइने यस पर्वले धार्मिक तथा सांस्कृतिक विविधतालाई झल्काउँछ।

error: Content is protected !!