बुधबार, २७ जेठ २०८३
Search
Close this search box.

दशैंमा रिलिज हुने

दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ५’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार (आज) देखि छायांकनमा जान लागेको फिल्मको पोस्टर सार्वजनिक गर्दै शीर्ष कलाकार र प्रदर्शन मितिबारे जानकारी दिइएको छ।

पोस्टरमा दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’, र अभिनेत्री वर्षा शिवाकोटी देखिएका छन्। वर्षा फिल्ममा शीर्ष अभिनेत्रीका रूपमा अनुबन्धित भएको कुरा यही पोस्टरमार्फत जानकारी दिइएको हो।

फिल्म दसैंको अवसर पारेर असोज २४ गते फूलपातिमा रिलिज हुने छ। अन्य कलाकारबारे भने केही खुलाइएको छैन।

आमा सरस्वती मुभिज र आइएमआईको प्रस्तुतिमा बन्न लागेको यो फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गर्नेछिन्। उनले यसअघि ‘छक्का पञ्जा’ का तीनवटा शृंखलालाई निर्देशन गरेकी थिइन्। चौथो शृंखलालाई भने हेमराज बिसीले निर्देशन गरेका थिए।

‘छक्का पञ्जा’ का सबै शृंखलाले बक्स अफिसमा सुपरहिट व्यापार गरेका छन्।

यसैकारण, ‘छक्का पञ्जा ५’ प्रति पनि दर्शकहरूमा ठूलो उत्सुकता र अपेक्षा रहेको छ। फिल्मका निर्माण टोलीले यो शृंखला पनि सफल बनाउने विश्वास लिएका छन्।

error: Content is protected !!